प्रतिनिधिसभा विघटनसहित सरकार प्रमुख सुशीला कार्की बनाउने सहमति 

  • २०८२ भाद्र २७, शुक्रबार (१२ घण्टा अघि)
  • ६७ पटक पढिएको
प्रतिनिधिसभा विघटनसहित सरकार प्रमुख सुशीला कार्की बनाउने सहमति 

काठमाडौं– पूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति जुटेको छ । प्रतिनिधिसभा विघटन गर्ने गरी निरन्तर छलफलपछि सहमति जुटेको हो ।

कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल पछि हटेका छन् । आन्दोलनकारी बोलाएर शितलनिवास घेर्ने चेतावनी दिएपछि पौडेलले प्रमुख दलका शीर्ष नेताहरुलाई आफूले प्रतिनिधिसभा विघटनको निर्णय गर्न लागेको बताएका हुन्।

त्यस लगत्तै सुशीला कार्कीलाई प्रधानमन्त्रीमा शपथ गराउने तयारी गरेको बताइएको छ । नियुक्तिपत्रको मस्यौदा, शपथ ग्रहण र त्यसलगत्तै पहिलो मन्त्रिपरिषद्ले गर्ने निर्णयको मस्यौदाको गृहकार्य भइरहेको जनाएको छ ।

 

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट