जेनजी आन्दोलनका लिडर गुरुङले प्रधानमन्त्री कार्कीको खुट्टामै ढोगे 

  • २०८२ भाद्र २८, शनिबार (३ घण्टा अघि)
  • ३६ पटक पढिएको
जेनजी आन्दोलनका लिडर गुरुङले प्रधानमन्त्री कार्कीको खुट्टामै ढोगे 

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनका लिडर सुदन गुरुङले खुट्टामै ढोगेका छन् । प्रधानमन्त्री कार्की जेनजीहरूकै आन्दोलन र प्रस्तावमा प्रधानमन्त्री बनेकी हुन् ।

शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री पदको शपथ लिएपछि कार्कीलाई बधाइ दिन जेनजीका प्रतिनिधिहरू शीतलनिवास पुगेका थिए । अन्य जेनजीहरुले बधाई दिएपछि गुरूङले बधाई दिदै माला लगाइदिएर प्रधानमन्त्री कार्कीलाई खुट्टामा ढोगे ।

जेनजीहरूकै आन्दोलन र प्रस्तावमा प्रधानमन्त्री बनेकाले प्रधानमन्त्री कार्कीले जेनजीहरूप्रति आत्मियता देखाएकी थिइन् । देश परिवर्तनको दौडमा रहेका जेनजीहरुले अनलाइन भोटिङको माध्यमबाट समेत प्रधानमन्त्री कार्कीको नाम छ्नौट गरेका थिए । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायत विभिन्न राजनीतिक दलहरुले समेत सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सहमति दिएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट