काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु कारागार पुगेका छन् । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते प्रदर्शनकारीहरू नख्खु कारागार अगाडि प्रदर्शन गर्न पुगेपछि रवि कारागार प्रशासनबाट निस्किएका थिए।
कारागारमा सुरक्षा चुनौती भएपछि प्रशासनले आफुलाई निकालेको लामिछानेले दाबी गर्दै आएका थिए । उनी निस्किएपछि भित्र कैदीबन्दीहरूले आगजनी गरेका थिए।त्यसपछि अरू कैदीबन्दीहरू पनि फरार भए । नख्खुको घटनापछि अन्य कारागारहरूबाट पनि क्रमशः कैदीबन्दीहरूले भाग्न थाले। अहिले देशभर १० हजारभन्दा धेरै कैदीबन्दी कारागार बाहिर रहेको अनुमान छ।
कारागार विभाग, प्रहरी लगायतले कैदीबन्दीहरूलाई फर्किन अनुरोध गर्दै आएको छ। यस्तै उनीहरूलाई पक्राउ समेत गरी कारागार चलान गर्दै आएको छ । लामिछानेले कारागारबाट निस्किएदेखि पुन: कारागार जान परेपनि तयार रहेको बताउदै आएका थिए । कारागारले आफुलाई कागजातसहित पठाएको दावी गर्दै आएपनि कारागारले भने त्यस्तो कागजात नदिएको बताउदै आएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप