काठमाडौं- धादिङको नीलकण्ठ नगरपालिका-८ मुरलीभञ्ज्याङमा स्कार्पियो र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् ।
धादिङबेसीबाट सल्यानटार तर्फ जादै गरेको BAC4063 नम्बरको स्कारपियो र बिपरित दिशाबाट आउदै गरेको बा ३२ प ८००८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक हमालका अनुसार दुर्घटनामा परि मोटरसाइकलमा सवार नीलकण्ठ नगरपालिका-९ निगालपानीका ३९ वर्षीय राकेश खाती र ३५ वर्षीय कुमार बराईली घाइते भएका छन् । खातीको छातिमा चोट लागेको र अवस्था गम्भिर रहेको छ भने अनुहार र दुबै खुट्टामा चोट लागेको छ । बरायलीको अवस्था मध्यम रहेको उनले बताए ।
दुर्घटनामा परि घाइते भएका दुबै जनाको धादिङ अस्पतालमा उपचार भई रहेको छ । दुबै सवारी साधन र स्कारपियो चालक काठमाडौं मुलपानीका ४८ वर्षीय राजेन्द्र फुयाल जिल्ला प्रहरी कार्यालय धादिङको नियनत्रणमा रहेको प्रहरी नायव उपरीक्षक हमालले जानकारी दिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप