नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते

  • २०८२ भाद्र ३१, मंगलबार (१ घण्टा अघि)
  • ५१ पटक पढिएको
नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते

काठमाडौं– मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । दुर्घटनामा परि घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएका छ ।

Advertisement

तनहुँस्थित २ नम्बर राजदल गणबाट धनुषातर्फ गइरहेको ४ वटा सेनाका ट्रकमध्ये लु १ ग २८० नम्बरको ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रक पुलबाट करिब १०–१२ फिट तल खोल्सामा खसेको छ । उद्धार गरिएका १६ जना घाइतेहरुको हेटौडा अस्पतालमा उपचार भइ रहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट