तेस्रो तिखाडुङ कप तथा खुला फुटबल प्रतियोगिता असोज ६ गतेबाट हुने

  • २०८२ भाद्र ३१, मंगलबार (१ घण्टा अघि)
  • ५६ पटक पढिएको
तेस्रो तिखाडुङ कप तथा खुला फुटबल प्रतियोगिता असोज ६ गतेबाट हुने

धादिङ – धादिङको नेत्रावती डबजोङ गाउँपालिका–३, तिखाडुङमा तेस्रो तिखाडुङ कप तथा खुला फुटबल प्रतियोगिता हुने भएको छ ।

Advertisement

धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिकाको शिरैमा अवस्थित धार्मिक पर्यटकिय क्षेत्र डब्जोङ दरबारको पर्यटन प्रवर्द्धन र स्वस्थको लागि खेलकुद भन्ने नारा सहित स्थानीयस्तरमा खेलकुदको विकास तथा युवालाई खेलतर्फ आकर्षित गर्ने र खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्था हेराहा डबजोङ युवा समाज (तिखाडुङा) का अध्यक्ष सञ्जय तामाङले बताए । असोज ६ गतेबाट सुरु हुने प्रतियोगितामा असोज ४ गतेसम्म टिम दर्ता गर्न सकिनेछ । प्रतियोगितामा सहभागी हुन ११ हजार रुपैयाँ टिमदर्ता शुल्क रहेको उनले बताए ।

असोज ६ गतेबाट सुरु हुने प्रतियोगिता असोज १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा प्रथम हुने समुहले १ लाख २ हजार र द्धितिय हुने समुहले ५० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमिफाइनल पुग्ने समुहलाई ११ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका अध्यक्ष तामाङले बताए ।

त्यस्तै, उत्कृष्ट खेलाडी, गोलरक्षक, तथा उच्च स्कोरलाई जनही ३ हजार सहित मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ । फुटबलसँगै विभिन्न सांस्कृतिक कार्यक्रम पनि रहने उनले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट