असोज १ गते शोक दिवस सार्वजनिक बिदा

  • २०८२ भाद्र ३१, मंगलबार (१ घण्टा अघि)
  • ३८ पटक पढिएको
असोज १ गते शोक दिवस सार्वजनिक बिदा

काठमाडौं– असोज १ गते सरकारले शोक दिवस मनाउने निर्णय गरेको छ । जेनजीको आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णयसँगै असोज १ गते सार्वजनिक बिदा दिइएको हो ।

Advertisement

गृह मन्त्रालयले एक सुचना जारी गर्दै असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा सार्वजनिक विदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

भदौ २३ र १४ गते भएको जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन् । जेनजी आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिहरूलाई शहिद घोषणा गरिएको छ । त्यस्तै आन्दोलनमा २ हजार ३१६ जना घाइते भएका थिए । जसमध्ये देशका विभिन्न अस्पतालमा २८३ जना घाइतेहरू उपचाररत छन् । आन्दोलनमा घाइते भएका अन्य भने उपचारपछि घर फर्किसकेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट