नारायणगढ–मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खस्दा एक जनाको मृत्यु 

  • २०८२ आश्विन १, बुधबार (८ घण्टा अघि)
  • ५५ पटक पढिएको
नारायणगढ–मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खस्दा एक जनाको मृत्यु 

काठमाडौं– नारायणगढ–मुग्लिन सडकखण्डमा ढुङ्गा खसेर बसमा लाग्दा एक जना यात्रुको ज्यान गएको छ ।

इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुलमा सडक माथिबाट ढुङ्गा खसेर तनहुँबाट नारायणगढका लागि छुटेको ग२ख १८३६ नम्बरको बसमा लाग्दा लमजुङको घलेगाउँकी ४६ वर्षीय ऐश्वर्या कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

ढुङ्गा खसेर घाइते भएकी ऐश्वर्याको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा ज्यान गएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट