धादिङ– संविधान दिवसको अवसर पारेर नेकपा एमाले धादिङले धादिङबेसीमा बृहत् र्याली र कोणसभा गर्ने भएको छ ।
जेन–जी आन्दोलनपछि दलहरु परिवर्तनशील राजनीतिक अवस्थाबाट गुज्रिरहेको भन्दै संगठनात्मक एकता र जनआर्कषण पुनस्र्थापित गर्ने उद्देश्यले असोज ३ गते एमाले धादिङले जिल्ला सदरमुकाम धादिङबेसीमा बृहत ¥याली निकाल्न लागेको हो ।
संविधानको सम्मान, संविधान र लोकतान्त्रिक अभ्यासलाई समर्थनमा सहयोग पुग्ने नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले बताए । ‘कार्यक्रम अन्तर्गत पार्टीका सबै तहका अध्यक्ष, प्रमुख, वडाका नेताहरू, युवा साथीहरु सबैलाई उपस्थितिको लागि आव्हान गरिएको छ । यस कार्यक्रमले पार्टीभित्रको मनोबल बढाउने र फेरि नेकपा एमालेलाई अगाडी बढाउन ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ’ उनले भने ।
संविधान दिवसको अवसरमा संविधान र लोकतन्त्रप्रति एमालेको प्रतिवद्धता सार्वजनिक गरिने एमाले धादिङकी सचिव राधिका सापकोटाले बताइन् । ‘एमालेले विगत केही समयदेखि पार्टीभित्र देखा परेका गुट विभाजन, आलोचनात्मक आवाज र सङ्गठनात्मक कमजोरीको सामना गरिरहेको छ’ उनले भनिन्– ‘सरकारविरुद्धका विवादहरूले पार्टी नेतृत्व र संगठन दुवैलाई चुनौती दिएको छ । जनताको ध्यान पार्टीहरूको सिद्धान्त र नेतृत्व क्षमतामा केन्द्रित हुन थालेको छ । जसले एमालेसँग कठोर प्रतिस्पर्धा गरिरहेका दलहरूसँग तुलना गर्ने अवस्था सिर्जना गरेको छ । वर्तमान राजनीतिक परिवेशमा एमालेको स्थायित्व र जनताको विश्वास पुनः जित्ने संकल्प व्यक्त गर्नेछौं ।’
संविधान दिवसमा एमाले धादिङले आयोजना गरेको र्यालीमा सहभागी भइदिन सबैलाई अनुरोध गर्दै सापकोटाले जेन–जी आन्दोलनपछिको संवेदनशील राजनीतिमा सकारात्मकसँगै एकताको सन्देश दिने अपेक्षा गरिएको बताएकी छिन् । देशको विषम परिस्थितिमा एकताको बलले एमालले धादिङलाई थप उचाईमा पुर्याउने उनको भनाई छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप