काठमाडौं– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङ खोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । अवरुद्ध राजमार्ग खुलाउन अझै २ घण्टा भन्दा बढी लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
‘अहिले पाँचवटा उपकरणहरु प्रयोग गरेर पहिरो पन्छाउने प्रयास भई रहेको छ । थप पहिरो नखसे करिव दुई घन्टासम्ममा पन्छाइसकिनेछ । जवाङ खोलाको नयाँ पहिरो हो। निरन्तर पहिरो झरिरहेकाले थप चुनौतीपूर्ण बनेको छ´उनले भने ।
जवाङ र तुइन खोलाको पहिरोले दसैंमा घर हिँडेका र काठमाडौंतर्फ आइरहेका यात्रु समस्यामा परेका छन्। काठमाडौंबाट छुटेका रात्रीबससमेत नागढुंगा–मुग्लिनको जाममा छन्। ठूला बसहरूले वैकल्पिक बाटो प्रयोग गर्न नसक्ने हुँदा पनि यात्रुहरू अलपत्र पर्ने अवस्था देखिएको छ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप