देशको कुनै राजमार्गमा समस्या छैन– सडक विभाग

  • २०८२ आश्विन १०, शुक्रबार (२ हप्ता अघि)
  • १७८ पटक पढिएको
देशको कुनै राजमार्गमा समस्या छैन– सडक विभाग

काठमाडौं– मुख्य राजमार्ग तथा अन्य सडकहरुमा हाल कुनै समस्या नरहेको सडक विभागले जनाएको छ ।

Advertisement

नारायणगढ–मुग्लिन सडकको तुइनखोलाको पहिरो ५८ घन्टा लगाएर बिहीबबार राती पन्छाएसँगै दुईतर्फी यातायात सञ्चालनमा आएको छ । देशका विभिन्न राजमार्ग तथा सडकहरुमा भएको पहिरो र जामका कारण अवरुद्ध रहेका सबै सडकहरु सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ ।

देशकै पुरानो राजमार्ग त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति राजमार्ग, नारायणगढ–बुवटल सडक, अरनिको राजमार्ग लगायत सबै ठाउँमा सवारी आवागमन भइ रहेको छ । तातोपानी नाकाबाट सामान लिएर आएका कन्टेनर नेपाल भित्रिरहेको विभागको भनाइ छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले मुलुकभरको सडकको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न गराउन फोकल पर्सन समेतको व्यवस्थापन गर्न विभागलाई निर्देशन दिएको थियो । सर्वसाधारणले टोल फ्री नम्बर ९८५१४१६८९३ मा फोन गरी आफ्ना गुनासा, सुझाव, आवश्यक जानकारी दिन सक्नेछन् । उक्त नम्बरमा फोन गरेर सडकमा कुनै समस्या आए जानकारी गराउन सकिने र तत्काल समाधानको पहल गरिने विभागले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट