काठमाडौं– पृथ्वी राजमार्ग र नारायणगढ मुग्लिन सडकमा गएको पहिरोका कारण धादिङका विभिन्न ठाउँहरु तथा राजमार्ग क्षेत्रमा इन्धन अभाव हुन थालेको छ । पहिरोका कारण राजमार्ग अवरुद्ध भएका कारण अहिले खुलेपनि इन्धनको आपूर्तिमा समस्या देखिएको हो ।
मुग्लिन क्षेत्रको पहिरोका कारण पृथ्वी राजमार्गअन्तर्गतका अधिकांश पेट्रोल पम्पहरूमा इन्धनको आपूर्ति अभाव भएको हो । धादिङका अधिकाशं पेट्रोल पम्पहरुमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । पहिरोले ट्यांकर पास हुन नसकेपछि पेट्रोल पम्पमा इन्धन अभाव देखिएको हो ।
लामो तथा छोटो जुन सकै दुरिको यात्रामा निस्कनु भएपनि इन्धनको व्यवस्था गरि यात्रामा निस्कनुहुन सरोकारवाला निकायले अनुरोध गरेको छ । दशैका कारण संघीय राजधानीबाट बाहिरिनेको संख्या दिनानुदिन बढीरहेको छ । पृथ्वी राजमार्गमा सवारी साधनको निकै चाप रहेको छ । तर यसै क्षेत्रका पेट्रोल पम्पहरुमा इन्धन अभाव हुँदा यात्रुहरुलाई समस्या हुन सक्ने भन्दै सरोकारवाला निकायले इन्धनको व्यवस्था गरेर मात्रै यात्रा गर्न अनुरोध गरेका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप