धादिङका चेपाङ बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

  • २०८२ आश्विन १२, आईतबार (२ हप्ता अघि)
  • २७० पटक पढिएको
धादिङका चेपाङ बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

धादिङ– धादिङको बेनिघाट रोराङ गाउँपालिका–६ बोमराङमा अवस्थित बोमराङ आधारभूत विद्यालयका चेपाङ विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । दशैँको अवसरमा धादिङ सेवा समाज दोहा, कतारले ९५ जना विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको हो ।

Advertisement

नयाँ वर्ष २०८२ को अवसरमा कतारमा गरिएको सांस्कृतिक कार्यक्रममा संकलित मुनाफाबाट चेपाङ समुदायको शैक्षिक उन्नयनका लागि न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको धादिङ सेवा समाज दोहा, कतारका महासचिव रामहरि श्रेष्ठले बताए । ‘हाम्रो उद्देश्य केवल सहयोग पु¥याउने मात्र होइन, गाउँका बालबालिकाले पनि शैक्षिक क्षेत्रमा प्रगती तथा उत्साहका साथ दशैँ मनाउन सकुन् भन्ने हो । विदेशमा रहेका धादिङबासीहरूको सानो प्रयासले विद्यार्थीको मुहारमा खुसी छाएको छ’ उनले भने ।

विद्यालयका प्रधानाध्यापक विष्णु रिजालले विद्यार्थीका लागि वितरण गरिएको न्यानो कपडा तथा शैक्षिक सामग्रीले दशैंमा थप उत्साह थपेको बताए । उनले भने– ‘दुरदराजका बालबालिकाका लागि यो सहयोग निकै महत्वपूर्ण छ । न्यानो कपडा र शैक्षिक सामग्री पाएपछि विद्यार्थीमा पढाइप्रति थप उत्साह बढ्ने विश्वास लिएको छु ।’

त्यस्तै, न्यानो कपडा तथा शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरुले पनि खुसी व्यक्त गरेका छन् । स–साना बालबालिकाले दशैमा नयाँ कपडा तथा शैक्षिक सामाग्री पाएपछि खुसी व्यक्त गरेका हुन् । बोमराङ आधारभूत विद्यालयमा कक्षा तीनसम्म अध्यापन गराउदैँ आएको छ ।

कार्यक्रममा संस्थापक अध्यक्ष एवम् समितिका सल्लाहकार रामकाजी थापा, सल्लाहकारहरु सुदिप खतिवडा, कपिल अर्याल र समितिका सदस्य कृष्ण अधिकारीले बालबालिकाका लागि न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग गर्न पाउँदा खुसी लागेको र आगामी दिनमा विद्यालयमा आवश्यक अन्य कार्यमा पनि सहकार्य रहने बताएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट