धादिङ हस्पिटल प्रालिद्वारा प्रहरीलाई अत्यावश्यक उपकरण सहयोग 

  • २०८२ आश्विन १४, मंगलबार (१ हप्ता अघि)
  • १९८ पटक पढिएको
धादिङ हस्पिटल प्रालिद्वारा प्रहरीलाई अत्यावश्यक उपकरण सहयोग 

धादिङ– धादिङ हस्पिटल प्राइभेट लिमिटेड आदमघाटले इलाका प्रहरी कार्यालय गजुरीको आदमघाट स्थित प्रहरी चौकीलाई विभिन्न अत्यावश्यक उपकरण प्रदान गरेको छ ।

प्रहरीका लागि अत्यावश्यक प्रिन्टर, कम्युटर, मापासे चेकजाँच गर्ने ब्रेथ एनालाईजर, भित्ते घडी, टेबल स्टाण्ड, झण्डा प्रदान गरिएको हो । अस्पतालको तर्फबाट प्रदान गरिएका उपकरण धादिङ हस्पिटल प्राइभेट लिमिटेडका अस्पतालका अध्यक्ष विकास सापकोटाले इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख तथा प्रहरी नायव उपरीक्षक विकास थापालाई हस्तान्तरण गरेका हुन् ।

अस्पतालको तर्फबाट अत्यावश्यक सामाग्री पाएपछि इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख थापाले शान्ति सुरक्षा कायम गर्न थप सहज हुने बताए । ब्रेथ एनालाइजर भने ज़िल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख तथा प्रहरी निरीक्षक सुरज श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । सहयोग गर्ने धादिङ हस्पिटलका अध्यक्ष सापकोटाले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको जानकारी दिए ।

सहयोग कार्यक्रममा धादिङ हस्पिटल प्राइभेट लिमिटेडका शेयरधनी तथा तार्केश्वर अस्पतालका अध्यक्ष बरिष्ठ शल्य चिकित्सक ऋषिकुमार कार्की , सोही अस्पतालका सञ्चालक निर्मल रानाका साथै गजुरी गाउँपालिका-६ का अध्यक्ष कर्ण तामाङले शान्ति सुरक्षा सुव्यवस्था तथा प्रहरीले दिने सेवामा थप चुस्त दुरुस्त हुने विश्वास व्यक्त गरेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट