काठमाडौं– गृह मन्त्रालयले आइतबार र सोमबार सार्वजनिक बिदा दिने तयारी गरेको छ । मनसुनजन्य विपतका कारण लामाे दूरीका यातायात तीन दिन बन्द गरिने भएपछि गृह मन्त्रालयले असोज १९ र २० गते सार्वजनिक विदा दिने निर्णय गरेको हो।
भारी वर्षा र जोखिमका कारण देशका मुख्य राजमार्गहरूमा अहिले सवारी आवागमनमा समस्या देखिएको छ । गन्तव्यका लागि टिकट काउन्टर र स्टेसनहरूबाट सवारीहरू नछुटे पनि हिजो राति र बिहानै छुटेका सवारी साधनहरुलाई गन्तव्यसम्म पुर्याउनको लागि प्रयास भइ रहेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने असोज १८ गतेसम्म आआफ्नो मन्त्रालय अन्तर्गतका जिल्ला स्थित कार्यालय प्रमुखहरूलाई कार्यालयमा गई सतर्कता, पूर्व तयारी र प्रतिकार्यमा जुट्नको लागि अनुरोध गरेको छ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप