धादिङको गङ्गाजमुना गाउँपालिकामा निःशुल्क आँखा शिविर, ९ सय ५४ जनाले सेवा लिए

  • २०८२ आश्विन २२, बुधबार (५ दिन अघि)
  • ३३० पटक पढिएको
धादिङको गङ्गाजमुना गाउँपालिकामा निःशुल्क आँखा शिविर, ९ सय ५४ जनाले सेवा लिए

काठमाडौं– उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकाका दुर्गम बस्तीहरूमा बृहत निःशुल्क आँखा शिविर सञ्चालन भइ रहेको छ । बुधबार विभिन्न ठाउँमा सञ्चालन गरिएको आँखा शिविरमा ९ सय ५४ जनाले सेवा लिएका छन् ।

Advertisement

गङ्गाजमुना गाउँपालिकाको रि स्वास्थ्य चौकीमा २ सय ५० जना, बसेरी स्वास्थ्य चौकीमा २ सय ८२ जना र फुलखर्क ग्रामीण अस्पतालमा ४ सय २२ जनाले सेवा लिएका छन् । जसमध्ये रि का २८ जना बसेरीका २१ जना र फूलखर्कका २२ जनाको मोतियाबिन्दुको अपरेसन गर्नुपर्ने गङ्गाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले जानकारी दिए ।

आई क्याम्प फोर चितवन, सपोर्ट एण्ड केयर पुनस्र्थाना केन्द्रका, भरतपुर आँखा अस्पताल, गङ्गाजमुना गाउँपालिका, रोटरी क्लब, फुलखर्क कल्याणकारी समाज तथा सहभागी संघसंस्थाहरुका संयुक्त आयोजनामा सञ्चालित शिविर असोज २३ र २४ गतेसम्म चल्नेछ ।

शिविरमा सेवा लिएका ९ सय ५४ जनामध्ये ७१ जनाको मोतियाबिन्दुको अपरेसन गर्नुपर्ने देखिएको स्वास्थ्य संयोजक अधिकारी बताए । स्वास्थ्य संयोजक अधिकारीका अनुसार मोतियाबिन्दुको अपरेशन गर्नुपर्ने बिरामीहरूको असोज २३ र २४ गते फुलखर्क ग्रामीण अस्पतालमा निःशुल्क अपरेशन गरिनेछ । गुम्दी, बुढाथुम र फुलखर्कका केही स्थानमा शिविर अझै सञ्चालन गर्न बाँकी रहेकाले मोतियाबिन्दुका विरामीहरु थपिन सक्ने उनले बताए ।

ग्रामीण क्षेत्रका नागरिकहरूलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन दुर्गम क्षेत्रहरुमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको सपोर्ट एण्ड केयर पुर्नस्थापना केन्द्रका अध्यक्ष राज बन्धु गौतमले बताए । ‘बिना दृष्टि अधुरो सृष्टि भन्ने मूल मर्मका साथ हामीले संस्था स्थापना गरेका हौं । सोही अनुसार समुदायमा काम गर्दै आएका छौं । ठुलै समस्या भइहालेमा मात्र अस्पताल पुग्ने हाम्रो बानी छ । । तर हाम्रो आँखाको समस्या र अवस्थाको बारेमा चेकजाँच गर्ने बानी छैन । उनले भने– ‘आँखाको अवस्था र समस्याको पहिचान, नागरिकहरूमा नियमित आँखाको चेकजाँच गर्ने बानी बसाल्ने र जटिल खालका समस्या छन् भने त्यसको उपचार गर्नका लागि शिविरको आयोजना गरिएको हो । आज मात्रै ७१ जना सेवाग्राहीहरूको मोतियाबिन्दुको समस्या देखिएको छ । ती बिरामीहरूको असोज २३ र २४ गते ग्रामीण अस्पतालमा मोतियाबिन्दुको निःशुल्क अपरेसन गर्नेछौं।’

गाउँमै आँखा सम्बन्धी समस्याको उपचार पाएपछि सेवाग्राहीहरुले खुसी व्यक्त गरेका छन् । गाउँमै निःशुल्क आँखा शिविर सञ्चालन गरेर गाउँमै सेवा दिदा निकै सहज भएको ६५ वर्षिय मान बहादुर घलेले बताए । ‘आर्थिक पाटो र दुर्गम बस्तीका बाटोका कारण सहर पुगेर आँखाको उपचार गर्न समस्या भएको थियो । गाउँघरमै आँखाको चेकजाँच गरी मोतियाबिन्दुको अपरेसन समेत गरिदिने भएपछि निकै खुसी लागेको छ’ उनले भने ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट