उत्तरी धादिङको गुम्दीमा गाउँमै राष्ट्रिय परिचयपत्र वितरण 

  • २०८२ आश्विन ३१, शुक्रबार (१ घण्टा अघि)
  • १२ पटक पढिएको
उत्तरी धादिङको गुम्दीमा गाउँमै राष्ट्रिय परिचयपत्र वितरण 

धादिङ– उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–३ गुम्दीमा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । गाउँमै पुगेर टोलटोलमा ७ सय ५७ जनालाई राष्ट्रिय परिचयपत्र वितरण र ७८ जनाले नयाँ फारम भरिएको गङ्गाजमुना गाउँपालिका–३ का वडा अध्यक्ष राजकुमार गुरुङ जानकारी दिए ।

वडाध्यक्ष गुरुङका अनुसार वडाको नजिकका बस्तीका लागि वडा कार्यालयमै वितरण गरिएको र टाढा रहेका टोलहरूमा टोली गएर घरदैलोमै सेवा दिइएको हो । शारीरिक रूपमा अशक्त, अपाङ्गता भएका तथा वृद्धवृद्धा जेष्ठ नागरिकहरूलाई टोलीले घरमै पुगेर परिचयपत्र वितरण गरेको हो ।

‘पछिल्लो समय प्राय: सबै सरकारी सेवा लिनलाई राष्ट्रिय परिचयपत्रको आवश्यक पर्ने हुन्छ। तर सबैको जिल्ला सदरमुकाम पुगेर तत्काल राष्ट्रिय परिचयपत्र बनाउन सक्ने अवस्था छैन । यो अभियानले दुर्गम बस्तीका साथै जिल्ला प्रशासन कार्यालय पुग्न नसक्ने नागरिकहरूलाई ठुलै राहत मिलेको छ’ उनले भने

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट