देउसी भैलो राति १० बजेसम्म मात्र खेल्न प्रशासनको अनुरोध

  • २०८२ कार्तिक ४, मंगलबार (२ मिनेट अघि)
  • ८ पटक पढिएको
देउसी भैलो राति १० बजेसम्म मात्र खेल्न प्रशासनको अनुरोध

धादिङ– जिल्ला प्रशासन कार्यालय धादिङले तिहार पर्वलाई सुरक्षित, मर्यादित र मौलिक ढङ्गले मनाउन जिल्लावासीहरूलाई आग्रह गरेको छ ।

शान्ति सुरक्षालाई मध्यनजर गर्दै देउसी–भैलो, नाचगान लगायतका कार्यक्रमहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको हो । विद्युत, मैनबत्ती, दियोजस्ता सामग्री प्रयोग गर्दा सावधानी अपनाउन र पटका, आतिसबाजी, झिरझिरे, भुइँचम्पा जस्ता प्रज्वलनशील तथा विस्फोटक पदार्थहरूको ओसारपसार, बिक्री–वितरण र प्रयोग नगर्न धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले सबैमा आग्रह गरे ।

मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला, झै–झगडा गर्ने, शान्ति सुरक्षामा असर पर्ने गतिविधि नगर्न समेत उनले आग्रह गरे । राति १० बजेसम्म मात्र देउसी–भैलो र नाचगानका कार्यक्रम सञ्चालन गर्न सकिने, त्यसपछि कुनै पनि भिडभाड वा अवाञ्छित गतिविधि नगर्न र जुवा, तास, लङ्गुरबुर्जा जस्ता खेलहरू नखेल्ने, सार्वजनिक यातायात र जनजीवनमा असर पर्ने गतिविधि नगर्न समेत जिल्लावासी सबैलाई अनुरोध गरेका छन्। ।

नियम उल्लङ्घन भएमा प्रचलित कानुन अनुसार कारवाही गरिनेछ । साथसाथै चाडपर्वको समयमा बढी भाडा नलिन र बोलेरो ट्रक लगायतका सवारी साधनहरुलाई यात्रु नबोक्न उनले अनुरोध गरेका छन्।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट