काठमाडौं- बजारमा सयपत्री र मखमलीका फूल तथा मालाहरु अभाव देखिन थालेका छन् । फुल्नै लागेको फूल वर्षाले क्षति पुर्याएपछि बजारको माग धान्न फुल खेती किसानलाई मुस्किल भएको हो । दशै आसपासको समयमा भएको ठूलो वर्षाले धादिङका फुल खेर्ती किसानहरूलाई ठूलो नोक्सानी पुर्यायायो । दशैं–तिहार जस्ता मुख्य पर्वलाई लक्षित गरेर लाखौंको लगानी गरेका फुल खेती किसानहरू अहिले घाटा व्यहोर्न बाध्य भएका हुन् ।
वर्षाले बिगारेर बाँकी रहेका फुलहरु छान्दै फुल र माला विक्रि गर्ने किसानहरुलाई लाखौंको लगानी कसरी उठाउने भन्ने चिन्ताले पिरोलेको छ । उनीहरु भन्छन्– ‘फुल हुदा बजार पाइएन । यस वर्ष वर्षाले फूल नाश गर्याे, बजारमा फुल माग छ, बारीमा फुल छैन । हाम्रो भाग्य नै यस्तै रहेछ, हरेक वर्ष कुनै न कुनै बहानामा घाटा बेहोर्नु पर्छ ।’
रोल्पाकी पुर्ण मायाँ मगर धादिङको धुनीवेशी नगरपालिका–९ काफलटारमा व्यवसायिक फुल खेती गर्दै आएकी छिन् । अहिले उनलाई फुलको माला उन्न र नराम्रा मध्येबाट पनि राम्रा फुल छान्न भ्याइ नभ्याइ छ । ‘सबैरे उठ्छु, माला उन्छु । शित ओभाएपछि फुल टिप्न जान्छु । श्रीमान र म भएर बजारसम्म लैजान्छौं’ उनले भने– ‘यस वर्ष वर्षाले फुल खेती ठूलो नाश गर्यो । राम्रो भन्दा नराम्रो फुलहरु धेरै छन् । छान्दाछान्दै हैरानी भइन्छ । नाफा भन्दा पनि गरेको लगानी कसरी उठाउने भन्ने चिन्ताले पिरोलेको छ ।’
मानबहादुर पुन मगर १० वर्षदेखि धादिङमा फूल खेती गर्दै आएका छन् । २० रोपनी भन्दा बढी उनको बारीमा अहिले पनि फूल खेती छ । झरीले नबिगारेको भए आफ्नो टोलमा करिव ५० लाखको फुल विक्रि हुने उनी बताउँछन् । करिव ५० प्रतिशत फुल बिग्रिएको छ । करिव १० क्विन्टल फुल विक्रि गर्ने लक्ष्य छ । तर फुलिरहेको फुलखेतीसँग उनी सन्तुष्ट छैनन् । विक्रि गर्ने बेला भएको फुल वर्षाले नाश गरेपछि फुल खेतीबाट मुनाफा लिने उनको सपना तुहिएको हो ।
‘हरेक वर्ष भारतिय फुल र प्लाष्टिकका फुलका कारण खेतबारीमा फुलेका फूलहरुले बजार पाउदैन थियो । गत वर्षदेखि बाहिरका फुलहरु भन्दा स्थानीय स्तरका उत्पादनलाई प्राथमिकता दिएपछि आश पलाएको थियो । तर यस वर्ष भने वर्षाका कारण फुलखेतीमा क्षति व्यहोर्नु पर्यो । बजारमा फूल र मालाको माग छ तर फुल छैन । वर्षाले फुल नबिगारेको भए ५/७ लाखको फूल विक्रि हुन्थ्यो । यस वर्ष सपनै भयो’ उनले भने ।
धादिङका सबै फूल खेती किसानको समस्या यस वर्ष एउटै छ । समयमा विउ विजन, मल नपाईने र विक्रि गर्ने समयमा नाफा भन्दा पनि कसरी लगानी उठाउने भन्ने चिन्ता छ । उनीहरु बजारमा भएको फुलको माग र अभाव पूर्ति गर्न चाहन्छन् । सकेसम्म छानेरै भए पनि फूल बजारसम्म पुर्याउन लागि परेका छन् । खेम बहादुर घर्ति मगर पनि लगानी भएपनि उठाउने आशमा छन् । फूल टिप्ने, माला उन्ने र बजारसम्म लैजाने काममा व्यस्त छन् । करिव दुई लाख लगानी गरेर फुलखेती गरेका मगरलाई लगानी उठ्ने विश्वास छ ।
‘अरुकोमा काम गर्दा गर्दै फूल खेती सुरु गरेँ । १० वर्षको अनुभवले पनि अन्य पेशा गर्न मन लाग्दैन । तर फुल खेतीमा फाइदा पनि विरलै हुन्छ । लाखौंको लगानी हुन्छ । तर हरेक वर्ष कहिले बजार पाइदैन । कहिले फुल खेती राम्रो भइदिदैन । फूल खेती गर्ने किसानहरु हरेक वर्ष कुनै न कुनै बहानामा घाटा नै बेहोर्नु पर्छ ।’
बजारमा अहिले मखमली र सयपत्री फूलको उच्च माग छ । फुल र मालाको मूल्य उस्तै महंगो पनि छ । किसानले मूल्य नपाउने र उपभोक्ताले महंगो मूल्य तिर्नु पर्ने बाध्यता हटाउन र स्थानीय स्तरका उत्पादनलाई प्रोत्साहन गर्न भारतिय फूल तथा प्लाष्टिकका फुलहरुमा निषेध गरिदै आएको छ । साथै, आगामी वर्षहरुमा सरोकारवाला निकायले बेलैमा चासो दिएर लाग्ने हो भने फुलखेतीमा आत्मनिर्भर बन्न सकिने देखिन्छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप