





























काठमाडौं– सुत्केरीको मृत्युपछि मृतकका आफन्तले ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पताल तोडफोड गरेका छन् । चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै उनीहरूले अस्पताल तोडफोड गरेका हुन् ।
सुत्केरी गराउने क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ की ३४ वर्षीया मिनाश्री राईको शुक्रबार राति मृत्यु भएको थियो । सोही घटनालाई लिएर अस्पतालको गेट फोडेर भित्र पसेका प्रदर्शनकारीहरूले अस्पतालमा ढुंगामुढा गरेका छन् ।
प्रदर्शनपछि प्रहरीले भीडलाई नियन्त्रण लिन लाठीचार्ज गर्नुका साथै केही राउन्ड अश्रुग्यास समेत प्रहार गरेका थिए।



स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप

