





























काठमाडौं– नेपालले थ्री नेसन्स कपमा भारतमाथि २–१ को सानदार जित निकालेको छ । यससँगै महिला अन्तर्राष्ट्रिय फुटबलमा भारतमाथि नेपालको पछिल्लो समयको प्रभुत्व कायम रहेको छ ।
भारतले नेपाललाई सन् २०१९ यता हराउन सकेको छैन ।सावित्राले खेलको दोस्रो मिनेटमै गोलको खाता खोलिन् । त्यस्तै, उनले ६२ औं मिनेटमा दोस्रो गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । भारतका लागि करिष्मा पुरुषोत्तमले ८२ औं मिनेटमा एक गोल फर्काइन् ।
यस जितसँगै नेपालले तीन टिम सम्मिलित प्रतियोगिताको सुखद् अन्त्य गरेको छ । नेपालको दुई खेलबाट तीन अंक भएको छ भने भारत शून्य अंकमा पुछारमा रह्यो । इरानले यसअघि नै दुवै खेल जितेर उपाधि चुमिसकेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
