





























काठमाडौं– शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६२ दशमलव २९ अङ्कले बढेर २ हजार ५ सय ७१ दशमलव ३४ विन्दुमा पुगेको हो ।
कारोबार खुलेको केही मिनेट बजार रातो देखिए पनि १० मिनेटपछि दिनभर हरियो रह्यो। कारोबार रकममा पनि उच्च वृद्धि भएको छ। अघिल्लो दिन आइतबार जम्मा २ अर्ब ७९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोडको भयो। २३६ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने २ को स्थिर रहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
