सुन तोलामा ७ सय रुपैयाले घट्यो

  • २०८२ कार्तिक १२, बुधबार (१ मिनेट अघि)
  • ५ पटक पढिएको
सुन तोलामा ७ सय रुपैयाले घट्यो

काठमाडौं– तिहारपछि सुनचाँदीको मूल्य लगातार घटेको छ । तिहारपछिको पहिलो कारोबारको दिन आइतबारदेखि घट्न थालेको सुनचाँदीको मूल्य आज पनि सात सय रुपैयाले घटेको छ ।

Advertisement

आइतबार तोलामा दुई लाख ४१ हजार नौ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार र हिजो मंगलबार पनि घटेको थियो । त्यस्तै आज सुन तोलामा ७ सय रुपैयाँले घटेर तोलाको दुई लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलाको ३ हजार १५ रुपैयाँ रहेको चाँदीको मूल्य आज दुई हजार नौ सय ६५ रुपैयाँमा झरेको छ । हिजोको तुलनामा चाँदी आज तोलामा ४५ रुपैयाँले घटेको हो । हिजो चाँदीको मूल्य तोलाको दुई हजार नौ सय २० रुपैयाँ रहेको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट