





























काठमाडौं– महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पितृशोक परेको छ ।



मेयर बालेन्द्र शाहका बुबा रामनारायण शाहको ७७ वर्षको उमेरमा उपचारका क्रममा निजामती कर्मचारी अस्पतालमा निधन भएको अस्पतालले जानकारी दिएको छ । उनलाई मधुमेह र पिसाबको सङ्क्रमणको समस्या थियो । हिजो दिउँसो अस्पताल भर्ना गरिएको शाहको उपचारका क्रममा आज ज्यान गएको हो ।
उनलाई आइतबार बिहान बेहोसी अवस्थामा नै अस्पताल पु¥याइएको थियो । अस्पताल स्रोतका अनुसार, उनलाई आइतबार बिहान अवस्था गम्भीर भएपछि बेहोसी अवस्थामा नै परिवारका सदस्यले अस्पताल लगेका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप

