





























धादिङ— स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरूलाई वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको छ । सहकारीले सदस्यको आर्थिक क्षमतामा वृद्धि गर्दै सम्भावित वित्तीय जोखिमबाट सुरक्षित राख्ने उद्देश्यले वित्तीय साक्षरता अभियान थालेको हो ।



स्रोत परिचालन साकोसका प्रमुख कार्यकारी अधिकृत दयानिधि नेपालका अनुसार यो वर्ष १ हजार ५ सय ५० जना शेयर सदस्यलाई वित्तीय साक्षरता प्रदान गर्ने लक्ष्य राखिएको छ । हालसम्म २२० जना सदस्यलाई वित्तीय साक्षरता सम्बन्धि तालिम प्रदान गरि सकिएको उनले बताए ।

‘जिल्लाको सदरमुकाम धादिङबेसीमा अहिले यो कार्यक्रम सञ्चालन भइ रहेको छ । अब हाम्रो शाखा रहेका स्थानहरुको गाउँ–गाउँमा पुगेर यो कार्यक्रम सञ्चालन गर्दैछौं’ उनले भने– ‘नेपालका अनुसार सहकारी सम्बन्धी आधारभूत जानकारी, बचत–व्यवस्थापन, जिम्मेवारीपूर्वक ऋण प्रयोग, आर्थिक योजना बनाउने तरिका र वित्तीय जोखिमबाट बच्ने उपाय जस्ता विषयमा केन्द्रित भएर तालिम सञ्चालन भइरहेको छ ।’

तालिमले सदस्यलाई जिम्मेवार वित्तीय व्यवहार गर्न प्रेरित गर्ने र सहकारीप्रतिको विश्वसनीयता थप मजबुत हुने स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रुद्र बहादुर खत्रीले बताए । उनले भने– ‘वित्तीय साक्षरताका अभावमा धेरै सदस्यले अनावश्यक जोखिम बेहोर्नुपरेको पाइन्छ । हामी सदस्यमैत्री सहकारी सेवा दिन वित्तीय चेतना विस्तारमा विशेष पहल गरिरहेका छौं । हामी गाउँगाउँमा प्रभावकारीयुक्त सहकारी अभियानमा छौं ।’
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप

