धादिङमा ७ वटा सवारी ठोक्किँदा २ जनाको मृत्यु, ३३ जना घाइते

धादिङमा ७ वटा सवारी ठोक्किँदा २ जनाको मृत्यु, ३३ जना घाइते

काठमाडौं– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेसी नगरपालिका–६ चालिसेमा सात वटा सवारी ठोक्किदा दुई जनाको ज्यान गएको छ । चार ओटा बस, दुई ओटा ट्रक र एक वटा मोटरसाइकल दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक श्याम कुमार बस्नेतले जानकारी दिए ।

प्रहरी निरीक्षक बस्नेतका अनुसार मृतकको सनाखत हुनै बाँकी रहेको छ । शव काठमाडौँस्थित टिचिङ हस्पिटलमा रहेको छ । अस्पतालसँग नियमित सम्पर्क भइरहेको छ । मृतकहरूको सनाखतका लागि प्रयास भइरहेको उनले बताए ।

दुर्घटनामा परी ३३ जना घाइते भएका छन् । घाइतेहरूको धुनिबेसी स्थित स्वास्थ्य संस्थामा उपचार भइरहेका छन् भने केहीलाई काठमाडौँ रेफर गरिएको छ ।

गोरखाबाट काठमान्डौ आउदै गरेको बा १ प ९१७ नम्बरको बस सोही दिशा तर्फ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस र बिपरित दिशा (काठमाण्डौ देखि गजुरी) तर्फ जाँदै गरेको NL01AB4654 नम्बरको डिब्बा गाडी, GJ03AZ3231 नम्बर को ईन्डियन बस, बा.प्र.०६-००१ ग ००११ नम्बरको बस, ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बर को मोटरसाइकल एक आपसमा ठक्कर खान गई सवारी दुर्घटना भएको हो ।

भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीहरुलाई ठक्कर दिदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।

 

Advertisement

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट