





























काठमाडौं– धादिङ र रसुवाको संगम क्षेत्रमा रहको पाल्दोर हिमाल ट्रेकिङका लागि २० जना महिलाहरु प्रस्थान गरेका छन् । महिलाहरूलाई पर्वतारोहण क्षेत्रमा अझ सक्षम, आत्मविश्वासी र नेतृत्वदायी बनाउने उद्देश्यले फिमेल लिडरसिप एकेडेमीद्धारा आयोजना गरिएको ‘माउन्टेन लिडरशिप’ तालिममा सहभागी २० जना महिलाको समूह पाल्दोर हिमालतर्फ प्रस्थान गरेका हुन् ।




टोलीमा सहभागी महिलाहरू एभरेस्ट आरोहण गरिसकेका अनुभवी आरोही, ट्रेकिङ गाइड तथा पर्वतारोहण क्षेत्रमा लामो समयदेखि क्रियाशील पेशेवरहरू छन् । पर्वतारोहण, बाइक राइडिक तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको सहभागी पविना खड्का बताउँछिन् । ‘मानिसहरुको आ आफ्नो चाहना हुन्छन् । मलाई चाँहि यस्ता साहसिक कार्य गर्न निकै रुची लाग्छ । आशा छ, धादिङमा अवस्थित पाल्दोर हिमालको ट्रेक अविस्मरणीय बन्नेछ’ उनले भनिन् ।
पाल्दोर हिमाल ट्रेकिङका लागि निस्केका २० जना महिला टोली नै निकै उत्साहित देखिएका छन् । साहसिक पाल्दोर हिमाल ट्रेकिङ यात्रा मात्र नभएर उनीहरु र एकेडेमीलाई समेत सिकाई अनुभव तथा आगामी दिनका लागि मार्ग निर्देशन हुने अपेक्षा गरेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
