धादिङ अस्पतालले मनायो ४९औं वार्षिक उत्सव, अर्जुन श्रेष्ठसहित ५ जना पत्रकार सम्मानित

  • २०८२ पौष ४, शुक्रबार (५१ मिनेट अघि)
  • ६ पटक पढिएको
धादिङ अस्पतालले मनायो ४९औं वार्षिक उत्सव, अर्जुन श्रेष्ठसहित ५ जना पत्रकार सम्मानित

धादिङ – धादिङ अस्पतालले ४९औं वार्षिक उत्सव भव्य रुपले मनाएको छ । सप्ताह रुपमा विभिन्न कार्यक्रम तथा गतिविधि गर्दै आएको धादिङ अस्पतालले शुक्रबार एक कार्यक्रमकाविच भव्य रुपमा वार्षिक उत्सव मनाएको हो ।

Advertisement

वार्षिक उत्सव उद्घाटन समारोहको सम्बोधन गर्दै बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले धादिङ अस्पतालमा विशेषज्ञसहितको सेवा विस्तार गरिने बताएका छन् । ‘आवश्यकताको मध्यनजर गरि धादिङ अस्पतालमा सिटी स्क्यान मेसिनको लागि प्रस्ताव पेश गर्नेछौं । डायलाइसिस मेसिन थप गरेर धादिङका मृगौला रोगीहरुको डायलाइसिस धादिङबाटै सेवा दिइ रहेका छौं । क्रमिक रुपमा अब सिटी स्क्यान लगायतका अन्य विशेषज्ञसहितका सेवा विस्तार गर्छाैं’ उनले भने ।

स्वास्थ्य विभागको नाममा रहेको ३४ रोपनी क्षेत्रफल रहेको अस्पतालको जग्गा अस्पतालकै नाममा ल्याइने पनि उनले बताए । ‘अस्पतालको नाममा जग्गा नभएका कारण आएका वजेटहरु पनि कार्यान्वयन गर्न नसकिएको भन्दै निकट भविष्यमा अस्पतालकै नाममा ल्याउछौं’ उनले भने– ‘अस्पतालको नाममा जग्गा ल्याउछौं । भौतिक पूर्वाधारका लागि बजेट विनियोजन हुन्छ र आवश्यक भौतिक संरचना बनाउने काम अघि बढ्नेछ ।’

त्यस्तै, धादिङमै नर्सिङ कलेज सुरु गरिने उनले बताए । ‘स्वास्थ्य मन्त्रालयले स्वास्थ्य ऐन बनाएर पास गरिसकेको छ । सय शैयामा सञ्चालित अस्पताललाई नर्सिङ कलेज सञ्चालन गर्न लागिएको छ । धादिङमै नर्सिङ पढाउन लागेका छौं । धादिङबासीले नर्सिङ पढ्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्नेछ’ उनले भने ।
त्यस्तै, धादिङ अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटाले पछिल्लो समय धादिङ अस्पतालले निकै फड्को मारेको बताइन् । ‘विशेषज्ञसहितका सेवाहरु थपिएका छन् । थपिएका विशेषज्ञसहितका सेवाले अस्पतालको सेवा तथा प्रभावकारी बनेको उनको भनाई छ । अझै धादिङ अस्पताललाई व्यवस्थित र थप प्रभावकारी सेवा प्रवाह गर्न अन्य विशेषज्ञ सेवाहरु सिटी स्क्यान लगायतका सेवाहरु थप गर्नु पर्ने बताइन् ।

कार्यक्रमकै अवसरमा पत्रकार अर्जुन श्रेष्ठलाई सम्मान गरिएको छ । धादिङ अस्पतालको ४९औं वार्षिक उत्सव समारोहकाविच अस्पतालले पत्रकार श्रेष्ठलाई सम्मान गरेको हो । नियमित रुपमा सत्य, तथ्य, सूचना प्रवाह गरि नागरिकहरुलाई सुसुचित गराउदै धादिङ अस्पतालको स्वास्थ्य सेवालाई थप चुस्त प्रभावकारी र गुणस्तरीय बनाउन योगदान पु¥याएको भन्दै श्रेष्ठलाई सम्मान गरिएको हो । श्रेष्ठ विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । नयाँ पत्रिका दैनिकका जिल्ला संवाददाता, रेडियो धादिङका समाचार प्रमुख तथा नेपालपथ डटकमका सम्पादक हुन् ।

श्रेष्ठसहित हिमालयन टेलिभिजनका सन्तोषराज श्रेष्ठ, एपी वान टेलिभिजनका विकास रौनियार, दिव्य दर्शन टेलिभिजनका विरमान तामाङ र रेडियो विहानीका रचना श्रेष्ठ सम्मानित भएका हुन् । वार्षिक उत्सव समारोहकै विच अस्पतालका सहयोगी संस्थाहरु तथा विभिन्न विधाका उत्कृष्ठ कर्मचारीहरुलाई पनि सम्मान गरेको छ । वार्षिक उत्सवको अवसरमा कर्मचारीविच विभिन्न विधाका खेलहरुमा गरिएको प्रतियोगिताको पुरस्कार समेत वितरण गरिएको छ ।

कार्यक्रमकै अवसर पारेर निमित्त अस्पताल निर्देशक डाक्टर त्रिभुवन चन्द्र झाद्धारा लेखिएको गुडवाई सुगर एडिक्सन पुस्तकको लोकार्पण गरिएको छ । सुगर समस्या हुने कारण, हुन नदिन र भइ हालेमा अपनाउनु पर्ने सावधानीका विषयमा लेखिएको पुस्तक वार्षिक उत्सव समारोहकै विच लोकार्पण गरिएको हो ।

 

#Dhading_hospital

#धादिङ_अस्पताल

 

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट