





























धादिङ– बैंक, वित्तीय संस्था तथा बीमा कर्मचारी क्लव धादिङको अध्यक्षमा पुनः ध्रुव प्रसाद रेग्मी निर्वाचित भएका छ्न् । क्लवको छैटौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले रेग्मीको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो ।
क्लवको उपाध्यक्षमा सिताराम अर्याल, महासचिवमा भरत खतिवडा, सचिवमा विकास न्यौपाने तथा कोषाध्यक्षमा दिपक निरौला चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा विश्वनाथ खतिवडा, सुदिप पौडेल, रामेश्वर घिमिरे, सुदन सिलवाल, उत्तम सिलवाल र रुविना लामिछाने चयन भएका छन् ।
अधिवेशनमा क्लवको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक विवरण तथा भावी कार्य योजना माथि छलफल गरिएको थियो । बैंक, वित्तीय संस्था तथा बीमा क्षेत्रमा कार्यरत कर्मचारीको हकहित, पेशागत सुरक्षा, सेवा सुविधा र अधिकार संरक्षणलाई थप मजबुत बनाउने क्लवका नवनिर्वाचित अध्यक्ष रेग्मीले बताए ।
उनले भने- ‘कर्मचारीका साझा समस्या समाधानका लागि क्लवलाई अझ सशक्त, एकतावद्ध र प्रभावकारी बनाउँदै लैजाने छौं । समाजमा आर्थिक तथा वित्तीय साक्षरता बारे सुसूचित गराउनेछौं । ‘
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
