मनोज श्रेष्ठ स्मृति कपः फाइनलमा धादिङ र सिन्धुपाल्चोक भिड्ने

  • २०८२ पौष ११, शुक्रबार (४ मिनेट अघि)
  • ११ पटक पढिएको
मनोज श्रेष्ठ स्मृति कपः फाइनलमा धादिङ र सिन्धुपाल्चोक भिड्ने

स्व. मनोज श्रेष्ठ स्मृति कप बागमती प्रदेश स्तरीय अन्तर जिल्ला महिला भलिबल प्रतियोगिता २०८२ को फाइनलमा धादिङ टिम ‘ए’ र सिन्धुपाल्चोक खेल्ने भएको छ ।

Advertisement

धादिङबेसीमा भइ रहेको प्रतियोगितामा शुक्रबार धादिङ टिम ‘ए’ ले रामेछापलाई ३–०को सोझो सेटमा पराजित गर्दै फाईनलको स्थान सुरक्षित गरेको छ । धादिङ टिम ‘ए’ ले रामेछापलाई २५–११, २५–१३ र २५–१७ ले पराजित गरेको थियो ।

त्यस्तै दोस्रो सेमिफाइनलमा सिन्धुपाल्चोकले नुवाकोटलाई ३–०को सोझो सेटमा पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो । सिन्धुपाल्चोकले नुवाकोटलाई २५–१५, २५–१७ र २६–२४ ले पराजित गरेको थियो ।

फाईनल खेल भोलि शनिबार अर्थात १२ गते दिउँसो १ बजे हुने आयोजकले जानकारी दिएको छ । तेस्रो स्थानको लागि रामेछापले नुवाकोटसँग भोलि बिहान ११ बजे खेल्नेछ ।

धादिङ जिल्ला भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय हुनेले क्रमशः २ लाख, एक लाख र ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट स्पाइकर, सेटर, डिफेन्डर, सर्भर र कोचलाई समान नगद २ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ (तिलक) ले जानकारी दिए ।

प्रतियोगितामा बागमती प्रदेश भित्रका ८ जिल्लाबाट ९ टिम सहभागी भएका थिए । जसमा धादिङका दुई टिम, नुवाकोट, रसुवा, चितवन, मकवानपुर, सिन्धुली, रामेछाप र सिन्धुपाल्चोक रहेका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट