स्व. मनोज श्रेष्ठ स्मृति कपको उपाधी धादिङले जित्यो 

स्व. मनोज श्रेष्ठ स्मृति कपको उपाधी धादिङले जित्यो 

धादिङ– स्व. मनोज श्रेष्ठ स्मृति कप बागमती प्रदेश स्तरीय अन्तर जिल्ला महिला भलिबल प्रतियोगिता २०८२ को उपाधी धादिङले जितेको छ । धादिङबेसीमा शनिबार भएको फाइनल खेलमा सिन्धुपाल्चोकलाई ३-० को सोझो सेटमा पराजित गर्दै धादिङले उपाधि हात पारेको हो ।

धादिङले सिन्धुपाल्चोकलाई २५-१०, २५-६ र २५-७ ले पराजित गरेको हो । उपाधिसँगै धादिङले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । त्यस्तै, प्रतियोगितामा सिन्धुपाल्चोक द्धितिय, रामेछाप तृतिय र नुवाकोट सान्त्वना भएका छ्न् । द्धितिय, तृतिय  हुनेले क्रमशः  एक लाख, ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गरेका छ्न् ।

शनिबारनै तेस्रो स्थानका लागि भएको खेलमा रामेछापले नुवाकोटलाई ३-२ को सेटमा पराजित गरेको हो । रामेछापले नुवाकोटलाई २३-२५, २५-१० र २३-२५,२५-८ र १९-१७ ले ३-२ को सेटमा पराजित गरेको हो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी धादिङकी रेविका लामा तामाङ, उत्कृष्ट स्पाइकर धादिङकी सलिना गुरुङ, उत्कृष्ट सटर धादिङकै भावना तामाङ, उत्कृष्ट डिफेन्डर धादिङकी जमुना गुरुङ, उत्कृष्ट सर्भर रामेछापकी एलिसा श्रेष्ठ र उत्कृष्ट कोच धादिङका बिरु लामा घोषित भए । उत्कृष्ट खेलाडी रेविकाले नगद ५ हजार र ट्रफी पाए भने उत्कृष्ट स्पाइकर, सेटर, डिफेन्डर, सर्भर र कोचले समान नगद २/२ हजार सहित ट्रफी प्राप्त गरेका छन् ।

धादिङ जिल्ला भलिबल संघको आयोजनामा पुस ९ गतेदेखि शुरु भएको प्रतियोगितामा बागमती प्रदेश भित्रका ८ जिल्लाबाट ९ टिम सहभागी रहेका थिए । जसमा धादिङका दुई टिम, नुवाकोट, रसुवा, चितवन, मकवानपुर, सिन्धुली, रामेछाप र सिन्धुपाल्चोक रहेका थिए । प्रतियोगिताको अवसरमा धादिङ जिल्ला भलिबल संघले न्यु डायमन्ड क्लबका प्रशिक्षक तथा प्रिन्सिपल कुमार राई, काभा यु–१९ च्याम्पियनसिप खेलेका भावना तामाङ, रेविका लामा तामाङलाई नगद र प्रशंसा पत्रसहित सम्मान गरेको छ ।

कार्यक्रमकाको समापन समारोहको सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवम् नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले धादिङ महिला भलिबलको ऐतिहासिक उपलब्धिले जिल्लाको खेलकुद पहिचानलाई अझ मजबुत बनाएको बताए । आगामी दिनमा राष्ट्रिय स्तरका भलिबल प्रतियोगिता धादिङमा आयोजना गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । खेलकुदले युवालाई अनुशासित, सक्षम र राष्ट्रप्रेमी बनाउने भएकाले स्थानीय तहले खेलकुद पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए ।

धादिङ जिल्ला भलिबल संघका अध्यक्ष अमृत गुरुङ (तिलक) ले धादिङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा धादिङले थुप्रै महिला भलिबल खेलाडी उत्पादन गर्न ठूलो भूमिका खेलेको बताए ।  खेलाडीको निरन्तर अभ्यास, प्रशिक्षकको मेहनत र स्थानीय तहको सहयोगले मात्रै यस्तो सफलता सम्भव भएको भन्दै आगामी दिनमा भलिबल खेललाई अझ व्यवस्थित र व्यवसायिक बनाइने उनले बताए ।

 

Advertisement

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट