





























धादिङ– नेपाल मगर संघ धादिङको अध्यक्षमा भीमबहादुर दर्लामी मगर निर्विरोध निर्वाचित भएका छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति धादिङको १२औं जिल्ला अधिवेशनले भीमबहादुर दर्लामी मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा भोजबहादुर थापा मगर, उपाध्यक्षमा कल्पना थापा मगर, मायादेवी थापा मगर, सचिवमा हरिबहादुर थापा मगर, सहसचिवमा अम्मर सिंह गिदेल मगर, धनबहादुर थापा मगर, कल्पना राना मगर, गकुल दर्लामी मगर र कोषाध्यक्षमा निर माया राना मगर निर्वाचित भएका छन्।
समितिको सदस्यहरूमा टोपबहादुर थापा मगर, निराजन मगर, मञ्जु राना मगर, लक्ष्मी थापा मगर, डिलबहादुर थापा मगर, नवीन आले मगर, तुलबहादुर मगर, जानुका आले मगर, निरज थापा मगर, खड्कबहादुर थापा मगर, पम्फा पुलामी मगर, राजु लोप्पा मगर, भीमबहादुर राना मगर, सन्तोष मगर र मिरा थापा मगर निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष भीमबहादुर दर्लानी मगरले मगर समुदायको हकहित अधिकारका निमित्त कटिबद्ध भएर काम गर्ने बताएका छन् । मगर समुदायको कला संस्कृतिको संरक्षण र सम्बर्धन गर्न आवश्यक छ । नेतृत्वदायी भूमिकामा मगर समुदायको पहुँच पुर्याउन र समग्र मगर समुदायको विकासका निमित्त नेपाल मगर संघ लाग्ने उनले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
