फोनिज धादिङले मनायो सत्यनारायण बहादुर श्रेष्ठको ११०औँ जन्मजयन्ती

  • २०८२ पौष १३, आईतबार (१५ मिनेट अघि)
  • ७ पटक पढिएको
फोनिज धादिङले मनायो सत्यनारायण बहादुर श्रेष्ठको ११०औँ जन्मजयन्ती

धादिङ– नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको ११०औँ जन्मजयन्ती धादिङमा पनि मनाइएको छ । “समृद्धिको आधारः पूर्ण समावेशी सञ्चार” भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धादिङले चियापान कार्यक्रमको आयोजना गरि पुर्याउनु भएको योगदानको र मार्गनिर्देशका विषयमा छलफल गरेकोे हो ।

Advertisement

संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नेपाली पत्रकारिताका अग्रज स्तम्भ रहेको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले बताए । उनले भने– ‘उहाँले स्थापना गर्नु भएको मूल्य, मान्यता र पेशागत निष्ठा आज पनि उत्तिकै सान्दर्भिक रहेको छ । पत्रकारिता पेशालाई संस्थागत, मर्यादित र जनमुखी बनाउने अभियानको जग सत्यनारायण बहादुर श्रेष्ठले सुरु गर्नु भएको हो । उहाँको योगदानलाई स्मरण गर्दै नयाँ पुस्ताले जिम्मेवार पत्रकारिता गर्न आवश्यक छ ।”

संगठित पत्रकारिताको अवधारणा अघि सार्दै पत्रकारहरूको हकहित, प्रेस स्वतन्त्रता र पेशागत सुरक्षाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको श्रेष्ठले बताए । उहाँकै नेतृत्वमा पत्रकारहरूको साझा संगठन स्थापना भई नेपाली पत्रकारिता संस्थागत रूपमा अगाडि बढ्न सकेको इतिहास छ । अहिलेको नेपाल पत्रकार महासंघको नेतृत्वले संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुन् भनेर मान्ने तर कार्यान्वयनमा आनाकानी गरिरहेको छ । तर इतिहास मेटिन्न । संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुन् । जवसम्म सत्यनारायण बहादुर श्रेष्ठ नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष रहेको मान्यता पाउदैन । तवसम्म फोनिजले यस विषयमा मुद्धा तथा सवाल उठ्ठान गरिरहने छ ।’ उनले भने ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सिताराम अधिकारी, निवर्तमान अध्यक्ष राजाराम शर्मा, प्रेस यूनियनका केन्द्रिय सदस्य पोषनाथ अधिकारी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समितिका कोषाध्यक्ष शंकर श्रेष्ठ लगायतका विभिन्न संघ संगठनका प्रमुख एवम् प्रतिनिधि तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट