





























धादिङ– आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट धनबहादुर घलेले मनोनयन दर्ता गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले तोकेको प्रक्रिया र पार्टीले दिएको औपचारिक पत्र अनुसार मनोनयन दर्ता गरेका हुन् । मनोनयन सम्बन्धी औपचारिक पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहित दलको छाप प्रयोग गरी जारी गरिएको छ।
घले संविधानसभा सदस्य समेत हुन् । घले तीन दशक भन्दा लामो समयदेखि राजनितीक क्षेत्रमा सक्रिय छ्न्।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
