





























धादिङ-धादिङ-आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा रामबहादुर भण्डारीले उम्मेदवारी दर्ता गरेका छन् । वैशाखीको सहायतामा निर्वाचन अधिकृतको कार्यालय पुगेका जिउँदो सहितको उपनामले परिचित भण्डारीले उम्मेदवारी दिएका हुन्
भण्डारी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य हुन् । भण्डारी चार दशक भन्दा बढीदेखि सक्रिय राजनीतिमा रहेपनि निर्वाचन क्षेत्रमा यो पहिलो उम्मेदवारी हो । केही दिन अगाडि लडेर बायाँ खुट्टा भाँचिएर विरामी भएका भण्डारी बैशाखीको साहारामा निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
जनयुद्धको क्रममा उनका दुई छोरा राज्य पक्षबाट बेपत्ता भएका थिए । उनी आफैं युद्धका चोटहरू बोकेका घाइते हुन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
