





























धादिङ– नीलकण्ठ नगरपालिका–३ त्रिवेणीनगरमा अवस्थित किन्डर वर्ल्ड बोर्डिङ स्कुलका विद्यार्थीहरूले देशका सुरक्षानिकाय (नेपाल प्रहरी, नेपाल सेना तथा सशस्त्र प्रहरी बल) लक्षित परेड प्रदर्शन, सलामी अर्पण तथा खुकुरी नृत्य प्रस्तुत गरेका छन् ।

खेलकुद महोत्सवको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीस्थित बीच बजार चोकमा परेड प्रदर्शन, सलामी अर्पण तथा खुकुरी नृत्य प्रस्तुत गरेका हुन् ।

विद्यार्थीहरूको कला, अनुशासन र देशप्रेम झल्किने प्रस्तुतिले राष्ट्रप्रतिको माया र अनुशासन विकासमा सहयोग पुग्ने किन्डर वर्ल्ड बोर्डिङ स्कुलका प्रधानाध्यापक सूर्य श्रेष्ठले बताए । ‘यस्ता कार्यक्रम तथा गतिविधिले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा ठूलो टेवा पुग्दछ । किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान र अतिरिक्त क्रियाकलाप आजको शिक्षामा अपरिहार्य छन्,’ उनले भने ।

कार्यक्रममा विद्यार्थी, अभिभावक तथा सम्बन्धित सुरक्षानिकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । विद्यार्थीहरूको प्रस्तुतिप्रति अभिभावकहरूले उत्साह व्यक्त गर्दै विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापको प्रशंसा गरेका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
