





























धादिङ– नीलकण्ठ नगरपालिकाले आयोजना गर्न लागेको हिउँदे अधिवेशन रोक्न विभिन्न राजनितिक दलहरुले दबाब दिएका छन् । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन आचारसंहिता विपरीत भएको दाबी गर्दै दलहरुले हिउँदे अधिवेशन रोक्न दबाब दिएका हुन् ।



नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन कार्यालयमा जिल्ला निर्वाचन अधिकारीलाई निर्वाचन आचारसंहिता विपरीत भएको दाबी गर्दै हिउँदे अधिवेशन रोक्न संयुक्त निवेदन दर्ता गराएका हुन् ।
निर्वाचन आचारसंहिता पानला गराउदैँ हिउँदे अधिवेशन रोकिदिन भन्दै माघ १४ गने आयोजना गरिएको हिउँदे सभा घोर आपत्तिसहित असहमति रहेको भन्दै निर्वाचन निर्देशिका तथा आचारसंहिताको परिच्छेद–३ को बुँदा नं. ७(ग) विपरीत भएको दाबी गर्दै कानुनको पालना गराइदिन आग्रह गरेका छन् ।

दलहरूले उक्त कार्यक्रम तत्काल रोक्न माग गर्दै कानुनको पूर्ण पालना सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई आवश्यक पहल गर्न आग्रह गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले नीलकण्ठ नगरपालिकालाई हिउँदे अधिवेशन रोक्न आग्रह गरिएको बताए । ‘पालिकाको पूर्व निर्धारित कार्यक्रम पनि रहेको र वजेट तथा कार्यक्रमहरु संसोधन नगर्ने गरि वैठक बस्न सकिने हुन्छ । निर्वाचन नजिकि रहेकोले उहाँहरुले हिउँदे अधिवेशन नगर्दिनुभए राम्रो हो’ उनले भने ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
