प्रेस चौतारी धादिङले मनायो २८औं स्थापना दिवस 

  • २०८२ माघ २२, बिहिबार (१ मिनेट अघि)
  • ८ पटक पढिएको
प्रेस चौतारी धादिङले मनायो २८औं स्थापना दिवस 

धादिङ– प्रेस चौतारी नेपाल धादिङले विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको छ। प्रेस चौतारी नेपालको २८औं स्थापना दिवसको अवसरमा चियापान तथा छलफल कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा शुभकामना दिँदै राज्यको चौथो अङ्ग पत्रकारिता, त्यसमा पनि प्रेस चौतारी नेपाल देशको विकास र सामाजिक रूपान्तरणको दरिलो संगठन रहेको नेकपा एमाले धादिङका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ (गोर्खाली)ले बताएका छन् । ‘आसन्न फागुन २१ गतेको निर्वाचन नजिकिरहेको छ। शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन लगायतका क्षेत्रमा सञ्चारमाध्यम र पत्रकारको गहन भूमिका रहन्छ। प्रेस चौतारीमा गोलबद्ध रहेका  लगायत सम्पूर्ण पत्रकारहरूले सत्य, तथ्य र निष्पक्ष रूपमा कलम चलाउने विश्वास छ’ उनले भने ।

धादिङको विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको नेकपा एमालेबाट धादिङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार धनबहादुर घलेले बताएका छन्। बुढी गण्डकी जलविद्युत आयोजना निर्माणदेखि सातवटै पालिकामा रहेका विभिन्न समस्याको समाधान गर्ने उनको जोड छ । आफू मिडिया मैत्री रहेको भन्दै धादिङको विकास र सामाजिक रूपान्तरणमा सबैसँग  सहकार्य तथा सहयात्रा गर्ने उनले बताए ।

त्यस्तै, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य पोषनाथ अधिकारीले पत्रकार र पत्रकारिता क्षेत्रमा रहेको समस्याहरूको समाधानका लागि एकै ठाउँमा उभिनुपर्ने बताए । उनले भने- ‘पत्रकारिता क्षेत्रलाई समाजले हेर्ने दृष्टिकोणमा सकारात्मक बनाउन र पत्रकारिता क्षेत्रमा दिगोपना आवश्यक छ। यसका लागि प्रेस युनियनले सबैसँग सहकार्य र समन्वय गर्दै आएको छ र गरिरहनेछ ।’

त्यस्तैगरी, प्रेस चौतारी नेपाल धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले प्रेस चौतारी नेपालले पत्रकारहरूको पेशागत हक–हित, प्रेस स्वतन्त्रताको रक्षा, अभिव्यक्ति स्वतन्त्रता, पत्रकार सुरक्षा र जिम्मेवार तथा व्यावसायिक पत्रकारिताको पक्षमा निरन्तर आवाज उठाउँदै आएको बताए ।

सत्य, निष्पक्ष र जनमुखी पत्रकारितालाई मूल आधार मानेको प्रेस चौतारी नेपालले सुशासन, सामाजिक न्याय र समावेशी लोकतन्त्रको पक्षमा कलम चलाउने पत्रकारहरूलाई संगठित गर्दै आएको छ। पत्रकारितामा भविष्य खोज्दै आएकाहरूका लागि सिक्ने र टिक्ने वातावरण बनाउन प्रेस चौतारी नेपाल धादिङ अग्रपंक्तिमा रहेको अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका निवर्तमान अध्यक्ष राजाराम शर्मा, नेपाल पत्रकार महासंघ धादिङका उपाध्यक्ष मनिष दुवाडी, प्रेस चौतारी नेपाल धादिङका पूर्व अध्यक्ष गायत्री खतिवडा, नेकपा एमाले धादिङका प्रचार विभाग प्रमुख शंकर श्रेष्ठ, प्रेस सेन्टर धादिङका अध्यक्ष वीरबहादुर तामाङ लगायत धादिङका पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले प्रेस चौतारी नेपालको २८औं स्थापना दिवसको शुभकामना व्यक्त गरेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट