





























धादिङ– बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न दबाब दिने उद्देश्यले दशौं धादिङ महोत्सव स्थलमा हस्ताक्षर अभियान सञ्चालन भइरहेको छ । एमाले धादिङबाट निर्वाचन क्षेत्र नम्बर २ का आसन्न प्रतिनिधि सभा सदस्यका उम्मेदवार धनबहादुर घलेले समर्थन जनाउदै हस्ताक्षर गरेका छन् ।
उम्मेदवार घलेले निति निर्माण तथा जलविद्युत आयोजना निर्माणलाई आफ्नो एजेण्डाको मूख्य रुपमा लिदै आएका थिए । ‘धादिङ र गोर्खाको मात्र नभएर राष्ट्रकै गौरवको आयोजना हो । जसरी पनि आयोजना तत्काल सुरु गर्नु पर्छ । बुढीगण्डकी जलविद्युत आयोजनासँग सम्बन्धित सरोकारवाला निकाय तथा प्रभावित नागरिकहरुसँग छलफल गर्दै आएको छु । नागरिकका समस्या समाधान तथा छिटो भन्दा छिटो जलविद्युत आयोजना निर्माण सुरु हुन्छ’ उनले भने ।



घलेसँगै नेकपा एमाले धादिङका कार्यबाहक अध्यक्ष अर्जुन कुमार श्रेष्ठ (गोर्खाली), सचिव राधिका सापकोटा, उपसचिव भक्त बहादुर लामिछाने, डाक्टर रामकुमार अधिकारी लगायतका एमाले धादिङका नेताहरुले अभियानको समर्थन जनाउदै हस्ताक्षर गरेका छन् ।
सरकारलाई दबाब दिएर छिट्टै बुढीगण्डकी जलविद्युत आयोजना निर्माण कार्य सुरु गर्न धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको दशौं धादिङ महोत्सवमा हस्ताक्षर अभियान सुरु गरिएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
