





























धादिङ- जिल्लाको सदरमुकाम धादिङबेसीमा जारी दशौं धादिङ महोत्सवमा चिउरीको महले राम्रो बजार पाएको छ । धादिङको दिगो विकास र अर्थतन्त्रको आधार कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार भन्ने मूल नारासहित उद्योग वाणिज्य संघले आयोजना गरेको दशौं महोत्सवको नवौं दिनसम्म एक लाख भन्दा बढीको कारोबार भएको छ ।



ज्वालामुखी गाउँपालिका–५ खरि सिम्लको मण्डली मौरी फर्मबाट ल्याइएको चिउरीको मह महोत्सव अवलोकन गर्नेहरुको ध्यान तानेको छ । महोत्सवमा आउनेहरुले चिउरीको महको बारेमा सोधपुछ गर्ने तथा खरिद गर्ने गरेको कृष्ण प्रसाद काप्रीले बताए । ‘अहिलेसम्म एक लाख भन्दा बढीको व्यापार भयो । अब बाँकी दुई दिनमा पनि राम्रै व्यापार हुने अपेक्षा छ । एकै दिन ५८ हजारसम्म कारोबार गरेका छौं । चिउरीको महको फाइदा र आकर्षणका कारण राम्रो व्यापार भइ रहेको छ’ उनले भने ।
चिउरीको मह प्रतिमाना एक हजारको दरले विक्री गरिएको छ । चिउरीेको मह खानाले रोकसँग लड्ने रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्ने, पाचन प्रणालीमा सुधार, रुघाखोकी, घाँटी दुख्ने तथा उर्जा बढाउने काम गर्दछ । चिउरीको मह निकै स्वस्थकर रहेकोले पनि माग बढेको उनले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
