देश विकास र निकास दिने पार्टी एमाले होः उम्मेदवार भुमी त्रिपाठी

  • २०८२ माघ २५, आईतबार (२ मिनेट अघि)
  • ८ पटक पढिएको
देश विकास र निकास दिने पार्टी एमाले होः उम्मेदवार भुमी त्रिपाठी

धादिङ– धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार भुमी त्रिपाठीले चुनावी अभियानलाई तीव्र पारेका छन् । मतदाता भेटघाट कार्यक्रमका क्रममा सिद्धलेक गाउँपालिका वडा नम्बर ५ र ६ पुगेका त्रिपाठीले देशको विकास र निकास दिन सक्ने पार्टी नेकपा एमाले भएको बताएका हुन् ।

Advertisement

देशको विकास र समृद्धि एमालेको नेतृत्वमा मात्रै सम्भव रहेको उनले बताए । ‘शिक्षा, स्वास्थ्य, खानेपानी र सडक सञ्जालको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ,’ त्रिपाठीले भने,– ‘नीति, नियम तथा कानुन निर्माणमा केन्द्रित भएर नागरिकको चाहना र आवश्यकता अनुसारको विकास गर्ने उद्देश्यले मैले उम्मेदवारी दिएको हुँ र त्यो पूरा गरेर देखाउँछु ।’

त्यस्तै, उनले वैकल्पिक राजमार्ग निर्माण सुरु गर्न पहल भइरहेको बताए । विकास पूर्वाधार विस्तारले धादिङको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ छ ।

मतदाता भेटघाटका क्रममा त्रिपाठी स्याखुटार, कामराङ, पिपलडाँडा, खानीगाउँ, इर्जु, हटिया, कुम्पुरभञ्ज्याङ, बागबच्छला सानोपोखरी, चालिसे, टकटके र कालीदहलगायत क्षेत्र पुगेका थिए। स्थानीय मतदाताले उम्मेदवार त्रिपाठीलाई स्वागत गर्दै जीतको शुभकामना दिएका छन्।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट