धनबहादुर घलेको पहिलो प्राथमिकतामा बुढीगण्डकी जलविद्युत आयोजना

  • २०८२ माघ २६, सोमबार (७ मिनेट अघि)
  • १५ पटक पढिएको
धनबहादुर घलेको पहिलो प्राथमिकतामा बुढीगण्डकी जलविद्युत आयोजना

धादिङ– धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट उम्मेदवारी दिएका धनबहादुर घलेले निर्वाचित भएपछि बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता भेटघाटका क्रममा सल्यानटारका विभिन्न बस्तीहरुमा पुगेका घलेले राष्ट्रिय गौरवको आयोजना रहेको बुढीगण्डकी जलविद्युत आयोजनालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन् । बुढीगण्डकी जलविद्युत आयोजनाबाट विस्थापित नागरिकको बस्ती विकास, सडक खानेपानी र शिक्षाको व्यवस्थित योजना सहित निति बनाएर विकास गर्ने प्रतिवद्धता व्यक्त व्यक्त गरेका हुन् ।

त्यस्तै, सल्यानटारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै सुविधा सम्पन्न अस्पताल बनाउन पहल गर्ने बताए । साथै बुढीगण्डकी जलविद्युत परियोजना तत्काल सुरु गर्न दवाव दिने, परियोजनाबाट विस्थापित नागरिकको पुनर्स्थापना, बस्ती विकास गर्ने योजनामा दवाव दिने उम्मेदवार घलेले मतदातासंग प्रतिवद्धता गरेका हुन् ।

घलेले सोमबार त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ को सल्यानटार स्थित छापगाउ, बेलगाउँ, बौसा गाउँ, ठूलो गाउँ, सानागाउँ, देबिथान, सिकटार लगायतका स्थानहरुका मतदाताहरु भेट्दै गुनासो, सुझाव संकलन तथा छलफल गर्दै मतदाता भेटघाट कार्यक्रमलाई सक्रिय बनाएका हुन्।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट