





























धादिङ– आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा एमालेबाट उम्मेदवारी दिएका धनबहादुर घलेलाई त्रिपुरासुन्दरीबासीहरूले मागपत्र बुझाएका छन् । उनीहरूले पक्की सडक निर्माण, लिफ्टिङ खानेपानी जडान तथा सिँचाइको उचित व्यवस्था लगायतका मागहरू राखेका हुन् ।
घलेले मतदाता भेटघाट कार्यक्रम अन्तर्गत मङ्गलबार त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं ३, ४, ५ र ६ का बस्ती बस्तीमा पुगेर कृषकहरूको संरक्षण, युवा पुस्ताका जायज माग पूरा गर्ने तथा महिलाहरूको विकासका लागि कानुन निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मागपत्र बुझ्दै उम्मेदवार घलेले ती सबै विषयलाई प्राथमिकतामा राखी बजेट ल्याउन पहल गर्ने र निर्वाचित भएपछि विकासका कामलाई योजनाबद्ध रूपमा अघि बढाउने घलेले बताए । स्थानीयहरूले विकासका ठोस काम र दिर्घकालीन समाधान अपेक्षा गरेको भन्दै उम्मेदवार घलेले जनताको आवाजलाई संसदसम्म पुर्याउने प्रतिबद्धता जनाएका छन्।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
