आधारभूत सेवा सुविधा परिपूर्ति हाम्रो पहिलो प्राथमिकता हो: उम्मेदवार भण्डारी

  • २०८२ माघ २७, मंगलबार (१ मिनेट अघि)
  • ११ पटक पढिएको
आधारभूत सेवा सुविधा परिपूर्ति हाम्रो पहिलो प्राथमिकता हो: उम्मेदवार भण्डारी

धादिङ– प्रसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा  नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामबहादुर भण्डारीले नागरिकको चाहना र आवश्यकता अनुसार काम गर्ने बताएका छन्।

मतदाता भेटघाट कार्यक्रमका क्रममा धादिङको निलकण्ठ नगरपालिकाका ७, ८ र ९ का विभिन्न बस्तीहरूमा पुगेका भण्डारीले समावेशी विकास, रोजगारी सिर्जना र आधारभूत सेवा सुविधालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन् ।

घरदैलो कार्यक्रमका क्रममा भण्डारीले स्थानीयवासीको समस्या, अपेक्षा र सुझाव सुन्दै आफ्नो भावी कार्ययोजना प्रस्तुत गरेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट