





























काठमाडौं– आज सुनको मुल्य तोलामा २ हजार रुपैयाँले बढेको छ । सुनको मुल्य २ हजारले बढेर तोलाको ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो हप्ताको पहिलो दिन आइतबार सुनको मुल्य तोलको ३ लाख १६ हजार ४०० रुपैयाँ रहेको थियो । यस्तै सोमवार सुनको मुल्य ३ हजार ७०० ले घटेकोमा हिजो ३ हजार ८०० रुपैयाँले बढेको थियो ।
आज चाँदीको मुल्य भने घटबढ भएको छैन । चाँदी हिजो जस्तै आज पनि तोलामा ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
