





























काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मुल्य बढाएको छ । आजदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँ बढाइएको हो ।
काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य लिटरकाे १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टीतेलको मूल्य लिटरकाे १५२ रुपैयाँ पुगेको छ ।
निगमले अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्य बढाउनु परेको जनाएको छ । भारतले पेट्रोलमा ३१ रुपैयाँ, डिजेल र मट्टीतेलमा ५४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा २१६ रुपैयाँले बढाएर नयाँ भाउ पठाए पनि निकै कम दरले इन्धनको मूल्य बढाएको निगमले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
