





























काठमाडौं– सुनको मूल्य प्रतितोलामा ६ हजार ५ सयले घटेको छ। तोलाको २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको मूल्य लगातार पाँच कारोबार दिन घटेको हो । मङ्गलवार तोलाको ३ लाख ९ हजार ९ सय रहेको सुनको मूल्य बुधवार २ हजार २ सय रुपैयाँले घटेको थियो । यस्तै सुनको मूल्य बिहीवार ५ हजार ४ सय, शुक्रवार ७ हजार ८ सय र हिजो आइतवार १२ हजार ५ सय रुपैयाँले घटेको थियो ।
आज चाँदीको मूल्य ११५ रुपैयाँले घटेर तोलाको ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
