‘लोक दोहोरी स्टार सिजन–१’ को फाइनलमा पुगेकी धादिङकी रितु कुमालको भोटको अपिल

‘लोक दोहोरी स्टार सिजन–१’ को फाइनलमा पुगेकी धादिङकी रितु कुमालको भोटको अपिल

धादिङ– राष्ट्रियस्तरको लोक दोहोरी गायन रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा पुगेको छ । उत्कृष्ट आठ प्रतिस्पर्धीमध्ये धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ की रितु कुमाल फाइनलमा स्थान बनाउन सफल भएकी छन्।

Advertisement

करिब एक दशकदेखि गीत–संगीत क्षेत्रमा सक्रिय रितु कुमाल यस सिजनकी सशक्त प्रतिस्पर्धीका रूपमा चिनिएकी छन् । यही चैत १७ गते हुने फाइनलका लागि उनले आफूलाई विजेता बनाउन दर्शकसँग भोटको अपिल गरेकी छन् ।

‘www.Aventoz.com मा गएर आठौं नम्बरमा रहेको रितु कुमालमा भोट गर्न सक्नुहुन्छ । अथवा क्यू आर, ईसेवा र मोवाइल वैङ्किङ मार्फत पनि भोट गर्न सक्नुहुन्छ’ उनले भनिन्– ‘मेरो क्षमता र तपाईहरुको साथले आज फिनालेमा आइपुगेको छु । तपाईहरुले भोट गर्नु भयो भने अवश्य जित्नेछु । मैले जित्नु भनेको तपाई भगवानरुपी दर्शक र धादिङले जित्नु हो । त्यसैले भोट गरिदिनुस् न है ।’

एभेन्टोज डिजिटलले आयोजना गरेको यो रियालिटी शोको अन्तिम चरणमा धादिङकी रितु कुमाल र अमृत जर्घा मगर, स्याङ्जाका लिलबहादुर थापा मगर, दोलखाकी निशा लामा र दीपक थापा मगर, बाँकेका मानव रावत क्षेत्री, चितवनका नरन पौडेल र कास्कीका अनिल चापागाईं प्रतिस्पर्धामा रहेका छन् ।

 

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट