





























काठमााडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आज पनि विरोधका कार्यक्रम जारी राख्ने भएको छ । आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम रहेको जनाइएको छ ।


जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता रमेश लेखक चैत १४ गते शनिबार मिरमिरे उज्यालोमै पक्राउ परेका थिए । अध्यक्ष ओली पक्राउ परेपछि एमालेले देशभर प्रदर्शन गरेको थियो ।
एमालेले ओली र लेखकको गिरफ्तारी ‘गैरकानुनी’ र पूर्वाग्रही भएको जिकिर गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
