महिलालाई उद्यमसँग जोड्न गङ्गाजमुनाको सातदोबाटोमा उद्घोषण तालिम

  • २०८२ चैत्र १७, मंगलबार (२ मिनेट अघि)
  • १० पटक पढिएको
महिलालाई उद्यमसँग जोड्न गङ्गाजमुनाको सातदोबाटोमा उद्घोषण तालिम

धादिङ– धादिङको गङ्गाजमुना गाउँपालिका वडा नम्वर ४ मा ५ दिने उद्घोषण तालिम सुरु गरिएको छ। कृषि पर्यटन र पूर्वाधार समृद्ध गङ्गाजमुनाको मूल आधार भन्ने मर्मका साथ महिलाहरूलाई उद्यमशीलतासँग जोड्न उद्घोषण तालिम आयोजना गरिएको हो ।

गङ्गाजमुना गाउँपालिकाको उद्यम विकास शाखा र वडा नम्बर ४ को आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन समारोहको सम्बोधन गर्दै गङ्गाजमुना गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष राजकुमार गुरुङले तालिममा सिकेको सीप व्यवहारमा लागू गर्न सके महिलाहरूमा परिवर्तन हुने बताए । ‘गतवर्ष वडा नं ३ मा पनि उद्घोषण तालिम गरिएको थियो। निकै प्रभावकारी बन्यो । समूह टोल तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने योजनाहरू माग गर्ने लगायतका सवालहरुमा महिला दिदीबहिनीहरु अग्रसर बनेका छन्’ उनले भने- ‘तपाईँहरू पनि सिकेको सिपलाई व्यवहारमा प्रभावकारी रूपमा लागू गर्नुस्, शुभकामना छ ।’

 त्यस्तै कार्यक्रमका अध्यक्ष समेत रहेका गङ्गाजमुना वडा नम्बर ४ का वडाध्यक्ष प्रेम घलेले महिलाहरुको क्षमता अभिवृद्धि गरि आत्मनिर्भर बनाउन यो तालिम आयोजना गरिएको बताए ।

महिला, टोल, वडा समितिका दिदिबहिनीहरुलाई सहभागी गराइएको हो । यो पाँच दिनमा कम्तिमा गाउँमा हुने कार्यक्रम सञ्चालन गर्ने र वडा, पालिका जस्ता सरोकारवाला निकायसँग आफ्नो माग राख्न सक्ने बन्ने छन्’ उनले भने- ‘ यो तालिम बोल्ने कला सिक्ने र सिकाउने मात्र नभएर यो सिकाइले गाउँको विकास, सम्बन्ध विस्तार तथा बजेट तथा योजना माग गर्नेसम्मको कार्यमा सहयोग पुग्ने अपेक्षा गरेका छौं।’

गङ्गाजमुना गाउँपालिकाको उद्यम विकास शाखाका प्रमुख खला कुमारी ओलीले महिलाहरूलाई सिप सिकाएर आत्मनिर्भर बनाउनको लागि उद्घोषण तालिमको आयोजना गरिएको बताएकी छन् । ‘विगतका वर्षहरूमा पालिकाले गरेको उद्घोषण तालिम प्रभावकारी रहेको र यसले बजेट तथा योजनाहरू माग गर्न, महिला दिदीबहिनीहरूलाई जागरुक बनाउन, गाउँको विकास र रूपान्तरणमा ठूलो सहयोग पुग्दछ’ उनले भनिन्, ‘यो पाँच दिनको तालिमले महिला दिदीबहिनीहरूले कार्यक्रम सञ्चालन गर्ने मात्र नभएर गाउँको विकास, बजेट तथा योजनाहरूको माग गर्न समेत प्रेरित गर्नेछ’ उनले भनिन् ।

आज मङ्गलबारदेखि सुरु भएको पाँच दिने उद्घोषण तालिम शनिबारसम्म चल्नेछ । तालिमको सहजीकरण पत्रकारहरु अर्जुन श्रेष्ठ र सन्तोषराज श्रेष्ठले गरिरहेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट